News Portal

रौतहटका पुजारीको हत्या आरोपमा दुई पक्राउ

रातोपोस्ट संवाददाता
९१० पटक

रौतहट, भदौ १५ । गत भदौ ३ गते रौतहटमा भएको पुजारी हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको हो । विहार प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट ल्याइएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नुरुल्लाह सहित अन्य केही मान्छे फरार रहेको प्रहरीले जनाएको छ । राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस्