News Portal

आईपीएल : विराट कोहलीको बैंगलोरमाथि पञ्जाबको शानदार जित

रातोपोस्ट संवाददाता
९०५ पटक

काठमाडौं, असोज ९ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ।

टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो। जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो।​ आईपीएलमा राहुलको यो दोस्रो शतक हो । १७ र १८ औं ओभरमा दुवै पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए।

त्यसमा नैरको योगदान ८ बलमा दुई चौकासहित अविजित १५ रन थियो। राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार जोडे। राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। उनले मायंक अग्रवालसँग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । प्रतियोगिता अन्तर्गत आज चेन्नई र दिल्ली भिड्नेछन् ।

प्रतिकृया दिनुहोस्