News Portal

बसले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका तीनको मृत्यु

रातोपोस्ट संवाददाता
१११० पटक

काठमाडौं, असोज ११ । बाराको निजगढ- पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ- १० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

मिश्रका अनुसार पथलैयाबाट निजगढतर्फ गईरहेको प्रदेश २—०३—००४ प ४४४२ नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिमरा उपमहानगरपालिका १ को दुधौरामा आज बेलुकी पौने पाँच बजे ठक्कर दिएको थियो।

बसको ठक्करबाट स्कुटरमा सवार दम्पती र उनीहरुका छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए। शव पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ। बसका चालक फरार रहेका प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्