News Portal

मेचीनगरकी कोरोना संक्रमित महिलाको रामघाटमा दाहसंस्कार

रातोपोस्ट संवाददाता
५९९ पटक

झापा, १२ कात्तिक । कोरोना संक्रमणबाट बुधबार निधन भएकी काँकरभिट्टाकी एक महिलाको दाहसंस्कार गरिएको छ ।

मेचीनगर ६ की ७९ वर्षीया मृतक महिलाको नेपाली सेनाको सहयोगमा बुधबार नै अन्तिम संस्कार गरिएको मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङले बताए ।

बिर्तामोडस्थित बिएण्डसी अस्पतालको आइसीयू कक्षमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको उनले जानकारी दिए ।
कोरोना संक्रमणका कारण मेचीनगरमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्