News Portal

नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी

रातोपोस्ट
१२६६ पटक

काठमाडौँ,२४ कात्तिक । सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्