News Portal

जनकपुरमा २६ वर्षीया महिलामाथि एसिड प्रहार

रातोपोस्ट संवाददाता
५७३ पटक

जनकपुरधाम, २९ कार्तिक ।  जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान  ९ : ३० बजे एक युवकले एसिड प्रहार गरेका हुन्।

उनलाई अहिले जनकपुरको जानकी हेल्थ केयरमा भर्ना गरिएको छ। एसिड प्रहारका कारण उनकाे मुहार र छातीको भाग जलेको छ। जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला एसिड प्रहार भएको स्थानीयले बताएका छन्।

धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ। घटनाका विषयमा थप विवरण आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस्