News Portal

बर्दिबास घटना : : प्रहरीको गोली लागेका बुद्धिराज न्यौपाने ‘संजय’ को मृत्यु

रातोपोस्ट संवाददाता
७६२ पटक

काठमाडौं, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

उपचारको क्रममा गएराति १२ बजे बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले बताए । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्