News Portal

बिन्ति सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
१२२१ पटक

झापा, पुष ४ । झापाको मेचीनगर–८ मा रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका खेल्नुपर्ने बताए  ।

कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर–५ का वडा अध्यक्ष योगेन्द्र थापामगर, महेन्द्रद्वार सहकारी संस्थाको अध्यक्ष राजकुमार दाहाल (राजु) , नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका सचिव केशव तिम्सिना, शिक्षासेवी देवनारायण सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दशरथ खडियाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको लेखा प्रतिबेदन लेखा संयोजक पाष्टर दशरथ खडियाले प्रस्तुत गर्नु भएको थियो । शनिबार सम्पन्न संस्थाको सभाले आगामी पुस २५ गते भित्रमा संस्थाको नयाँ सञ्चालक समिति चयन गर्न राजेन्द्र राईको संयोजकत्वमा प्रतिक उराउ र देवनारायण सिटौला सदस्य रहेकाे तीन सदस्यीय निर्वाचन समिति पनि चयन गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संस्थाको सेयर पूँजी २१ लाख ३४ हजार १५० रुपैयाँ पुगेको छ । संस्थाले यस अवधिमा १ करोड १७ लाख ६० हजार २१३ रुपैयाँ बचत संकलन गरी ८६ लाख कर्जा प्रवाह गरेको जनाएको छ । संस्थाको कुल कारोबार एक करोड ४५ लाख ५४ हजार २३१ रुपैयाँ रहेको छ ।

संस्थाको अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी व्यवस्थापक आरती उराउ गरेकि थिइन भने संञ्चालक समितिका सदस्य विकास देवकोटाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्