News Portal

नेकपाका दुवै पक्षले आफू निकट सांसदहरुलाई बोलाई बैठक बस्दै

रातोपोस्ट संवाददाता
७८७ पटक

काठमाडौं, ६ पुष । नेकपाका दुवै पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । ओली पक्षले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।

ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको थियो । दुवै पक्षले आफू निकट सांसदहरुलाई संसद बिघटन र अब आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ । ओली निकटका एक सांसदले भने, ‘संसद विघटन गर्नु बाध्यात्मक परिस्थिति थियो भनेर औचित्य पुष्टि गर्न हामीलाई बोलाइएको हुनसक्छ ।’

प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

प्रतिकृया दिनुहोस्