News Portal

झापामा ज्येष्ठ नागरिकलाई सम्मान

रातोपोस्ट संवाददाता
३४५ पटक

झापा, २८ चैत । ​झापाको कनकाई नगरपालिका ज्येष्ठ नागरिक संघले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा वडा नम्बर- १ मा गरिएको कार्यक्रममा आठ जनालाई सम्मान गरिएको वडाका कार्यवाहक वडाध्यक्ष देवीप्रसाद अधिकारीले जानकारी दिए।

राम नवमीको अवसरमा गरिएको कार्यक्रममा ६० जनाभन्दा बढी ज्येष्ठ नागरिक सहभागी थिए । ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष पुष्पप्रसाद बाह्रकोटीले चालु आर्थिक वर्षभित्र ज्येष्ठ नागरिक चौतारी निर्माण गरी सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । कोरोनाका कारण सञ्चालनमा केही ढिलो भएको उनको भनाइ छ।

नगरप्रमुख पोखरेलले नगरपालिकाले प्रत्येक वडाका संस्थालाई एक लाख रूपैयाँको अक्षयकोष जम्मा भएपछि आफूले कोषमा एक महिनाको तलब थप गर्ने आश्वासन दिए। कार्यक्रममा ज्येष्ठ नागरिकहरूले जनप्रतिनिधिलाई सफलताको कामना गर्दै दोस्रो कार्यकालमा पनि दोहरिएर राम्रो काम गर्न शुभकामना दिएका थिए । देशभरका स्थानीय तहहरूमध्ये कनकाई ज्येष्ठ नागरिक चौतारी निर्माण गर्न गर्ने एकमात्र नगरपालिका रहेको छ।

प्रतिकृया दिनुहोस्