News Portal

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

रातोपोस्ट संवाददाता
३०२ पटक

काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् ।

मन्त्री हेरफेरको विषयमा एकीकृत समाजवादी पार्टीभित्र विवाद छ । शनिबार बसेकाे चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको थियाे । उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री आलेसहित विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । सोही अनुसार मन्त्री आलेले आइतबार राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएका हुन् ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)