News Portal

प्रधानमन्त्री ओलीले गरे बास्कोटाको बचाउ, ‘आरोप सत्य होइन’

रातोपोस्ट संवाददाता
६६२ पटक

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री गोकुल बास्कोटाको टेप प्रकरणको बचाउ गर्दै आन्दोलनलाई तुहाउन यस्तो खेल भएको दाबी गरेका छन्।

बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा ओलीले बास्कोटामाथिको आरोप प्रमाणित भइनसकेको र बास्कोटाले पनि आफ्नो टेप नभएको बताएको भन्दै बास्कोटाको बचाउ गरेका छन्।

उनले आफू र बास्कोटाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीप्रति उपहास पनि गरे।

बास्कोटाले बात लागेकाले राजीनामा दिएको भन्दै ओलीले कार्यकर्तामाझ थपे, ‘आरोप सत्य होइन।’

टेप प्रकरणमा राजीनामा दिएका बास्कोटाको बचाउमा प्रधानमन्त्री ओलीले पहिलोपटक मुख खोलेका हुन्।

प्रतिकृया दिनुहोस्