News Portal

भारतीय पूर्वराष्ट्रपति मुखर्जी निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

रातोपोस्ट संवाददाता
९०७ पटक

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको बताएका छन्।

‘उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ। सार्वजनिक जीवनको विभिन्न हैसियतमा रहँदा उहाँले नेपाल–भारत सम्बन्ध बलियो बनाउन पुर्‍याएको योगदान हामी सम्झिरहन्छौं,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

मुखर्जीको निधनबाट आफू निकै दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिकृया दिनुहोस्