News Portal

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड

रातोपोस्ट संवाददाता
४१० पटक

काठमाडौं, २ मंसिर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेका हुन् । पार्टीभित्र विवाद देखिएसँगै राष्ट्रपति भण्डारीको सक्रियता देखिएको छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता नेकपाभित्रको विवाद कसरी सुल्झाउने भन्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मासहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरुले पनि तयारी थालेका छन् ।

भोलि (बुधबार) का लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् । अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् । प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

प्रतिकृया दिनुहोस्