News Portal

थापा फकाउन प्रचण्ड बिहानै पुगे पुल्चोक

रातोपोस्ट संवाददाता
९७४ पटक

काठमाडौं, ७ पुष । गृहमन्त्री रामबहादुर थापा बादल भेट्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन्। पछिल्लो नेकपा विवादमा प्रधानमन्त्री ओलीको साथमा रहेको बादल फकाउन प्रचण्ड पुल्चोक पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै यो असंवैधानिक कदम भएको आरोप लगाएर सात जना मन्त्रीले राजीनामा दिइसकेका छन्। राजीनामा दिने सबै नेताहरु प्रचण्ड माधव नेपाल पक्षका हुन्। पूर्व माओवादी कोटाबाट मन्त्री बनेका बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका छन्।

पार्टी जोगाउन अन्तिमसम्म लागिपरेका भन्दै ओली र प्रचण्ड नेपाल पक्षका नेताहरु बताइरहँदा एकता तोडिने चरणमा पुगेको छ। यही मेसोमा ओलीले आफ्नो पक्षको केन्द्रीय समिति बालुवाटारमा डाकेको छ। प्रचण्ड माधव पक्षले बालुवाटारमा।

केन्द्रीय समितिअघि नै आफ्नो समर्थन कसलाई रहन्छ भनी बुझ्न प्रचण्ड बादल भेट्न पुल्चोक पुगेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। बादल प्रचण्डलाई साथ दिन तयार रहेको उनको सचिवालयले दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्