News Portal

माओवादी केन्द्रको मेची–महाकाली पैदल यात्राः आज १२५ किमि दुरी पार गदै सप्तरीमा

रातोपोस्ट संवाददाता
९२५ पटक

सप्तरी। नेकपा (माओवादी केन्द्र) ले सुदूरपूर्वको काकडभिट्टाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म ‘मेची–महाकाली पैदल यात्रा’ का लागि देशभक्त जनसाँस्कृति अभियान सञ्चालन गरेको छ ।

सामाजिक व्यवस्था रुपान्तरणको मुद्दासहित तत्कालिन नेकपा माओवादीले जनयुद्ध सञ्चालन गरेको २५ औं बर्षको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रियतामाथि गम्भीर संटकको अवस्था आउन लागेको भन्दै त्यसको रक्षार्थ यही फागुन १ गतेदेखि त्यस्तो अभियान शुरु गरेको हो ।

‘देशभक्त नेपाली बनौँ’ भन्ने मुल नारासहित झापाको काकडभिट्टा स्थित मेची पुलबाट एक औपचारीक कार्यक्रमबीच उद्घाटन गरिएको उक्त अभियान टोली अहिले सुनसरीको सिमगढमा पुगेको छ । अभियानको आज छैटौं दिन हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीको नेतृत्वमा सञ्चालित उक्त अभियान टोलीले झापाको काकडभिट्टादेखि सुदूरपश्चिमको कञ्चनपुर चाँदनी दोधारासम्म करिब एक हजार २२ किलो मिटरको दुरी पैदल यात्रा गर्ने छ । आज छैटौं दिनसम्म पुग्दा अभियान टोलीले करिब १२५ किलो मिटरको यात्रा पुरा गरेको बुझिएको छ ।

अभियान टोलिमा सहभागि रहेका माओवादी केन्द्रको सुनसरी जिल्ला संयोजक जुरीलाल मोर्चिले अभियानको छैटों दिनसम्मको अवस्थाबारे जानकारी दिएका छन् ।

अभियानमा माओवादी केन्द्रका  २० जना नेता, कार्यकर्ताहरु सहभागि रहेका छन्।

फागुन १ गते मेची पुलबाट अभियानको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष किराँतीले राष्ट्रियता जोगाउन आफ्नो पार्टीले पैदल यात्रा सुरु गरेको बताए ।

अध्यक्ष किराँतीले भने‘राष्ट्रिय स्वाधिनतामाथि गम्भिर खतरा उत्पन्न भएको समयमा हामीले नेपालीलाई सचेत बनाउन यो अभियान सुरु गरेका हौँ ।’

उनले उक्त अभियानले नागरिकमा देशभत्त संस्कृति तथा देशभक्ति भावनाको विकास गर्ने आफ्नो विश्वास समेत व्यक्त गरे ।

यसअघि मेची महाकाली नामका अभियानहरु विभिन्न राजनीतिक दल, समूह र अभियन्ताहरुले चलाएको भएपनि यस्तो प्रकारको राष्ट्रियताको भावना बोकेर सञ्चालिन भैरहेको पैदल यात्रा फरक र महत्वपूर्ण भएको कतिपय बुद्धीजीवी, नागरिकहरुको भनाई समेत सामाजिक सञ्जाल मार्फत आएको छ ।

सीमा क्षेत्रको आसपास हुँदै, त्यहाँका स्थानीय नागरिकहरुसँग सीमा समस्या, नागरिकको दैनिक जीवन–यापन र राष्ट्रियताको प्रश्नमा नागरिक, सामाजिक अगुवाहरु, सरोकारवाला अन्य पक्षहरुसँग पैदल छलफल, संवाद, ठाउँठाउँमा कोण सभा र आमसभा जस्ता कार्यक्रम गर्दै अभियान टोली अघि बढिरहेको बताइएको छ ।

अभियानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको अधिकार सुनिश्चित गर्न दवाव सिर्जन गर्ने विश्वास गरिएको छ । अभियान टोली आज प्रदेश दुईको सप्तरीमा आइपुग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्