News Portal

नेपालमा एकैदिन ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

रातोपोस्ट संवाददाता
५५६ पटक

काठमाडौं, असार १३। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३४ पुरुष र १२० महिला छन् ।

संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमित देशभरका सबै ७७ वटै जिल्लामा देखिएको छ । पछिल्लो समय रसुवामा पनि संक्रमित भेटिए पछि ७७ वटै जिल्लामा संक्रमण फैलिएको हो ।

प्रतिकृया दिनुहोस्