News Portal

अज्ञात समूहले नेकपा नेतामाथि मध्यरातमा बम प्रहार

रातोपोस्ट संवाददाता
५६० पटक

सिरहा, श्रावण ३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवमाथि बम प्रहार भएको छ । शुक्रबार राति सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका यादवमाथि अज्ञात समूहले बम प्रहार जनाइएको छ ।

बम प्रहारपछि बेहोस भएका उनलाई उपचारको लागि राति नै लाहान लगिएको बताइएको छ । उनको शरिरमा बमको छर्रा लागेको बताइएको छ ।

प्रहरीले पनि बम कसले प्रहार गरेको विषयमा केही खुल्न नसकेका जनाएको छ। प्रहरी चौकी औरहीले घटना विषयमा छानबिन सुरु गरिएको बताएको छ।

प्रतिकृया दिनुहोस्