News Portal

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

रातोपोस्ट संवाददाता
११७३ पटक

विराटनगर, साउन १७ । उपसचिव प्रेम सञ्जेल कार्यकक्षामै कुटिएका छन् । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुखसमेत रहेका सञ्जेल कुटिएका हुन् ।

कुटपिटमा संलग्नको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

कुटपिटबारे अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । कार्यकक्षमै कुटिएका सञ्जेलको अनुहारमा चोटपटक लागेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्