News Portal

पर्सामा डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
६८१ पटक

वीरगञ्ज, श्रावण २० । पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका छन् । त्यसमा दुई बालक र चार महिला छन् ।

सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा काम गर्ने २८ वर्षीया महिला डाक्टर र वीरगञ्ज ११ घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

प्रतिकृया दिनुहोस्