News Portal

पर्सा र बारामा १ सय ३३ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
५५३ पटक

वीरगञ्ज, साउन २१ । पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा पर्सा र बाराका १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

उनका अनुसार ४ सय ८८ जनाको संकलन गरिएको थियो। तीमध्ये १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। उनका अनुसार कोरोनाको संक्रमण पुष्टि भएकाहरु वीरगञ्ज चिनी मिल, वीरगञ्ज कारागार, पर्साको सिमरामा रहेको क्वारेन्टिन लगायतका क्षेत्रका व्यक्तिहरु रहेका छन्।

प्रतिकृया दिनुहोस्