News Portal

९० वर्षीया वृद्धाले कोरोनालाई जितेर घर फर्किइन्

रातोपोस्ट संवाददाता
३८७ पटक

विराटनगर, साउन २१ । प्रदेश १ बाट ९० वर्षीया एक वृद्धा कोरोनालाई जितेर घर फर्किएकी छिन्। अस्पताल भर्ना भएको १० दिनपछि स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि बुधबार डिस्चार्ज गरिएको छ।

विराटनगर ६ की ९० वर्षीया मधुदेवी भट्टराई साउन १० गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएकी थिइन्। उनले छोटो समयमै कोरोनालाई पराजित गर्न सफल भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले बताए। वृद्धामा मधुमेह, उच्च रक्तचाप र नसा सम्बन्धि रोगबाट पीडित रहेकोे डा। दासले बताए।

कोरोनामुक्त भएपछि भट्टराईले आफू स्वस्थ रहेको सुनाइन्। उनीसँगै संक्रमित भएकी उनकी बुहारी पनि डिस्चार्ज भएकी छिन्। वृद्धासँगै छोरा, बुहारी र नातिमा पनि संक्रमण देखिएको थियो। छोरा र नाति भने उपचाररत छन्।

कोरोनामुक्त भएकी वृद्धा लगायत विराटनगरबाट डिस्चार्ज भएका २१ जनालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए। प्रदेश १ बाट सबैभन्दा बढी ९० वर्षकी वृद्धा र सबैभन्दा कम उमेरकी विराटनगर १० की ८ महिने बालिका असार १५ गते डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्