News Portal

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

रातोपोस्ट संवाददाता
४९० पटक

काठमाडौ, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।

पशुपति आर्यघाटमा राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिक शरीरमा नेपालको झन्डा ओडाएका थिए ।

त्यस्तै, राष्ट्रकविको सम्मानस्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण पनि गरेको थियो । लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निवास कपुरधारामा निधन भएको हो ।

प्रतिकृया दिनुहोस्