News Portal

उमा भुजेल र सुमनसिंह पाैडेललाई रिहाइ गर्न सर्वोच्चकाे आदेश

रातोपोस्ट संवाददाता
९२९ पटक

काठमाडौं, भदौ १४ । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेचि-कोसी व्युराे इन्चार्ज उमा भुजेल शिलु र ब्युरो सचिव सुमनसिंह पाैडेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाईपछि आज न्यायधिसद्धय दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले दुवै नेतालाई रिहा गर्न आदेश दिएको हो ।

रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, चिरन्जीवी ढकाल, पंकज कुमार कर्ण, सन्तोष कोईराला, राजु अधिकारी, खिमानन्द अधिकारी, चुडाबहादुर निरौलाले बहस गरेका थिए ।

आदेशमा पहिले देखि नै निरन्तर थुनामा रहेका व्यक्तिलाई विना कारण फरक आस्था र विचारकै कारणले पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य न्यायिक दृष्टिले औचित्यपूर्ण नदेखिएको भनिएको छ ।

भुजेल र पाैडेल गत पुष १२ गते सुनसरीबाट पक्राउ परेका थिए । त्यस पछि भुजेललाई झापा, जनकपुर, कैलाली, गोर्खा, ललितपुर, भोजपुर, संखुवसभा हुदै पुनः सुनसरी पछि सप्तरी लगिएको थियो भने पाैडेललाई सुनसरीबाट झापा, संखुवासभा, भाेजपुर, पुनः सुनसरी हुँदै सप्तरी पुर्याइएकाे थियोे ।

सस्तरीमा अभद्र व्यवहारको मुद्धामा थुनिएकी भुजेल र पाैडेललाई अदालतको आदेश पुगे पछि रिहा हुने जनाईएको छ ।                                                         

प्रतिकृया दिनुहोस्