News Portal

भरुवा बन्दुकसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
३५२ पटक

स्याङजा, २२ असाेज। स्याङजाकाे पुतलीबजार नगरपालिकाका २ व्यक्ति दुइवटा भरुवा बन्दुकसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पुतलीबजार वडा न. ६ का ६६ वर्षीय थमन गुरूङ र २० वर्षीय सुजन गुरूङ रहेकाे प्रहरीले जनाएकाे छ।

अबैध रुपमा बन्दुक लुकाएर राखिएकाे छ भन्ने सुचनाका अाधारमा उनीहरुका घर खानतलासी गर्दा भरूवा बन्दुक फेला परेको थियाे। थमन गुरुङबाट इजाजत नलिएको एउटा भरुवा बन्दुक, भरुवा बन्दुकको नाल, बारुद १४५ ग्राम, टिनको स—साना पाता ११ वटा, केप ५ थान, काँचो सिसा १५६ र सुजन गुरुङबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ।

पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरेको छ। योसँगै साउनदेखि यता (३ महिनामा) इजाजत नलिएका अबैध रुपमा घरमा राखिएका ८ वटा भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्