News Portal

भारतको विहार विधान सभाको मतगणना आज

रातोपोस्ट संवाददाता
१४४२ पटक

काठमाडौँ, २५ कार्तिक । भारतको विहार राज्यको विधान सभाको मतगणना आज हुदै छ । तीन चरणमा सम्पन्न निर्वाचनपछि आज हुने निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टी र जनता दल युनाइटेडले हार बेहोरेने एक्जिट पोलले अनुमान गरेका छन् ।

अहिलेको विपक्षी दल राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान एक्जिट पोलहरुले गरेका छन् । २४३ सदस्यीय विहार बिधान सभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ भने जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

२०१५ को निर्वाचनमा हालका मुख्यमन्त्री लालुप्रसाद यादवसँग मिलेर चुनाव लडेपनि डेढ बर्ष सरकारसँगै चलाएपछि लालु यादवको पार्टी छोडर बिजेपीसँग मिलेर सरकार बनाएका थिए ।

पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो यो निर्वाचन अब अन्तिम निर्वाचन भएको बताएका छन् ।
विभिन्न एक्जिट पोल र अनुमानले लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल गठबन्धनले बहुमत ल्याउने अनुमान गरिरहेका छन् ।

भ्रष्ट्राचारको आरोपमा जेलमै रहेका लालु यादव बिना उनका छोरा तेजश्वी यादवले आफ्नो नेतृत्वमा पहिलो पटक चुनाव लडेका हुन् । युवा तेजश्वीको नेतृत्वमा विहार निर्वाचनको परिणाम कस्तो आउछ भन्ने कौतुहलता अहिले सबैतिर देखिएको छ ।

प्रतिकृया दिनुहोस्