News Portal

काँकरभिट्टामा जारी फुटबल प्रतियोगितामा शिवसताक्षी धाम फुटबल क्लव बिजयी

रातोपोस्ट संवाददाता
८१० पटक

काँकरभिट्टा, ३ माघ । झापाको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा शिवसताक्षी धाम फुटबल क्लव बिजयी भएको छ ।

तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित तेस्रो दिनको खेलमा शिवसताक्षी धाम फुटबल क्लव र युनाईटेट क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा शिवसताक्षी धाम फुटबल क्लवले २–१ को अन्तरले युनाइटेट लाई पछि पार्दै बिजयी भएको हो ।

पहिलो हाफको ३ मिनेटमा शिवसताक्षीका श्याम मुर्मुले पहिलो गोल गरेका थिए । शिवसताक्षीले गोल गरेको १० मिनेटको अन्तरमा युनाईटेटका शक्ति राईले १ गोल फर्काएर बराबरी बनाएका थिए । जितका लागि मैदानमा होमिएको शिवसताक्षीका सञ्जीव बुढाथोकीले दोस्रो हाफको २२ मिनेटमा १ गोल गर्न सफल भए ।

खेलको मेन अफ द म्याच शिवसाताक्षीका श्याम मुर्म घोषित भए उनलाई आयोजक क्लवका अध्यक्ष रामकुमार लिम्बू र काँकरभिट्टा स्थित दुर्गा स्टाेरका प्रोप्राइटर कृष्ण तिवारीलेले संयुक्त रुपमा ट्रफि प्रदान गरेका थिए । उक्त ट्रफि समेत तिवारीले उपलब्द गराएको आयोजकले जनाएको छ । भोलिको खेल काँकरभिट्टा ट्रनिङ सेन्टर र रेडस्टार फुटवल क्लवबीच हुने आयोजकका सल्लाकार डिल्लीराम अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्