News Portal

रहेनन् प्रसिद्ध साहित्यकार तेराख

रातोपोस्ट संवाददाता
१००२ पटक

झापा,  १६ असार ।  प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

उपचारको क्रममै उनको आज अपरान्ह १ : ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मेचीनगर- १० धुलाबारी निवासी पुर्व शिक्षक समेत रहका  साहित्यकार तेराख नेपाली साहित्यीक क्षेत्रमा चर्चित नाम हो । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित उनको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास थियाे ।

साहित्यकार तेराखको पार्थिव शरिरको भोलि असार १७ गते  बिहान धुलाबारीस्थित रामघाटमा अन्तिमसंस्कार गरिने छोरा लेखनाथ खतिवडाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्