News Portal

१० वर्षदेखि निर्माणाधीन कमला नदीको पुल भासिएपछि ठेकेदारविरुद्ध प्रर्दशन

रातोपोस्ट संवाददाता
५८२ पटक

जनकपुरधाम । सिरहा–धनुषा जिल्ला जोड्ने कमला नदीमा १० वर्षदेखि निर्माणधीन पुल भासिएपछि सिरहाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । निर्माण कम्पनिले कमसल सामग्री प्रयोग गरेको, विकासको नाममा जनताको भावनामाथि खेलवाड गरेको र छानबिन गरी निर्माण व्यवसायीमााथि कडा कारबाही गर्नुपर्ने माग राख्दै सिरहा सदरमुकाममा युवाहरुले प्रदर्शन गरेका हुन् ।

कमिशनको चक्कमा कमसल सामग्री प्रयोग गरेकाले पुल भासिएको स्थानीय युवा अरविन्द यादवले बताए । चर्को नाराबाजीसहित सदरमुकाम सिरहाको पिपल चौकमा स्थानीय अगुवा शम्भू साहको नेतृत्वमा विरोध प्रर्दशन गरिएको हो । सरोकारवाला निकायले गम्भीर त्रुटी गरेपछि पुल निर्माणमा कमसल सामग्री प्रयोग गरिँदा सञ्चालन अगावै पुल भासिएको उनीहरुले बताएका छन् । पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डस जेभीले करिब २४ करोड ६२ लाख रुपैयाँ लागतमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । तर, पनि १० वर्षदेखि उक्त पुल निर्माणधीन नै थियो ।

पुल अगामी साउनदेखि सञ्चालन ल्याउने तयारी भइरहँदा उद्घाटन अगावै पुलले सामान्य बाढीको बेग पनि धान्न सकेन । यसमा संलग्न प्राविधिक वा डिजाइनर, कर्मचारी र निर्माण व्ययवसायीलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ । दोषीलाई कुनै पनि बाहनामा छाड्न नमिल्ने भन्दै आन्दोलनकारीले समिति बनाएर छानबिन गर्न माग गरेका छन् । स्थानीय युवा अरविन्द यादवले पुल निर्माणमा भएको त्रुटिमा संलग्न दोषीलाई कारबाही गरी पुल निर्माणको कामलाई पुनः तिव्रता दिन माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्