News Portal

ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

रातोपोस्ट संवाददाता
३५३ पटक

रुपन्देही, ११ मंसिर । रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका छन् ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पताल पुर्याएलगत्तै उनीहरुको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्