News Portal

खपांगीद्वारा लिखित हाम्रो किताब सार्वजनिक

रातोपोस्ट संवाददाता
४२९ पटक

झापा, १३ मंसिर । झापा शनिश्चरे माविका शिक्षक रोहित खपाङ्गीद्वारा लिखित ‘हाम्रो किताब’ सार्वजनिक गरिएको छ । सोमवार विधालय प्राङ्गणमा शिक्षक खपाङ्गीद्वारा लिखित किताव सार्वजनिक गरिएको हो ।

आफु कार्यरत विधालयमा किताबका लेखक खपाङ्गीले आफ्नै विधार्थीबाट किताव सार्वजनिक गराएका छन् । उनले कक्षा नर्सरीमा अध्ययनरत विधार्थी साइदु खातुनको हातबाट किताव सार्वजनिक गरेका छन् । किताव सार्वजनिक तथा विमोचन हाइफाई नगरी सकेका छन् । विधालयका प्रधानाध्यापक चेतमणी खनालको अध्यक्षमा सार्वजनिक गरिएको कितावमा सरल जीवन यापनका लागि विषयवस्तु समेटिएका छन् । समाजका सबै विषयवस्तुलाई आफ्नो शैलीबाट प्रस्तुत गरेका खपाङ्गीले लेखनको ६ वर्षपछि कितावलाई प्रकाशनमा ल्याएका हुन् ।

सुन्दर संसार अनि स्वस्थ्य, स्वाभिमानी, आनन्दित र सफल जीवनका लागि ‘हाम्रो किताव प्रकाशनमा ल्याइएको हो । ३ सय ७९ पेजमा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तु समेत समेटेका छन् । प्रकृत प्रकाशनद्वारा प्रकाशित किताबमा ब्रह्माण्ड, पृथ्वी,जीवन, मान्छे,जन्म, मृत्यु, स्वास्थ्य,सम्बन्धहरु,नेपाल र नेपालीका बारेमा लेखिएको छ । कितावको सार्वजनिक गरिएपछि सोही विधालयका शिक्षक पुण्य सुवेदी र रुद्र खतिवडाले कितावका बारेमा छोटो विचार राखेका थिए ।

प्रतिकृया दिनुहोस्