News Portal

राप्रपा अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनको जित निश्चित

रातोपोस्ट संवाददाता
४३६ पटक

झापा, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिर १५, १६ र १७ गते महाधिवेशन गर्ने तय भएको छ । राप्रपा अध्यक्षका पदका लागि अध्यक्ष कमल थापा र अर्का नेता राजेन्द्र लिङ्देनले उमेरद्वारी घोषणा समेत गरिसकेका छन्। थापा पार्टी अध्यक्ष त्रय मध्येका एक अध्यक्ष तथा पटक- पटक मन्त्री भईसकेका ब्यक्ति हुन् तर उनलाई यस पटक पनि अध्यक्षको रूपमा स्वीकार गरे राप्रपा पार्टी बिलय हुने नेता तथा कार्यकर्ता बताउँछन् ।

नेपाली राजनीतिले कांग्रेस र कम्युनिष्ट पार्टीको बिकल्प खोज्न थालेको बेला सहि र उचित अध्यक्ष छान्नुपर्ने राप्रपालाई दवाव पनि छ। पार्टी कमजोर छ यसलाई राष्ट्रिय पार्टी बनाउनु र राज संस्थासहित हिन्दु राज्य कायम गर्नु छ । साथै बिचको प्रदेश सरकार खारेजी गर्नु पर्ने एजेन्डा पूरा गर्नु पनि छ। लिङ्देन भने नेपाली राजनीति वृतमा नयाँ जोस, जागर र सानैदेखि निष्टाको राजनीतिमा लागेका एक इमानदार, आटिलो, स्पष्ट बक्ता, क्षमतावान् र बिबादमा नआएका नेता हुन् । यतिबेला राप्रपा अध्यक्ष लिङ्देनलाई बनाउनुपर्ने पक्षमा आवाज उठिरहेको छ।

यता चलचित्र निमार्ता तथा नायिका रेखा थापाले आफू राप्रपा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको बताइसकेकी छिन् । नायिका थापाले भन्छिन, राप्रपा अब युवा नेतृत्वले हाँक्नुपर्ने बताइन् । युवा पुस्ताले मात्रै विद्यमान राजनीतिलाई सुधार गर्न सक्ने उनको भनाइ छ। नेतृत्वमा पुरानै सोच र संस्कार जीवित रहेको भन्दै युवाहरूले पार्टीमा हस्तक्षेपकारि भूमिका निर्वाह गर्ने हिम्मत राख्नुपर्ने उनको धारणा रहेको छ।

अबको राजनीति जनताको हितमा हुनुपर्छ त्यसका लागि नयाँ पन र नयाँ पुस्ताबाट नेतृत्व हाँक्ने आँट गरेका राजेन्द्र लिङ्देनलाई समर्थन गरेकी र साथ दिने समेत बताईसकेकी छिन्। थापा यसअघि अध्यक्ष त्रयमध्ये पशुपतिशमशेर राणा निकट थिइन् । थापाले राप्रपाको केन्द्रीय सदस्यसँगै प्रवास विभागमा रहेर काम गरिसकेकी छन्। उनी अभिनयसँगै राजनीतिमा रूपमा सक्रिय छिन् । काठमाडौं क्षेत्र नम्बर- ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी छिन्।

अर्का राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले अध्यक्ष कमल थापा परिक्षण भइसकेकाले अब नेतृत्वमा दोहोर्‍याउन नहुने बताई सकेका छन् । यसअघि रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनेका छन् ‘कमल थापा टाईम टेस्टेस्ड भइसक्नु भयो, राप्रपा नेपालको ग्राफ राम्रो हुँदा उहाँको पनि राम्रो थियो । तर, अहिले उहाँको ग्राफ राम्रो छैन । अहिले राजेन्द्र लिङदेनको ग्राफ माथि उठ्दैछ । उहाँ लोकप्रिय सांसदको रूपमा परिचित हुनुहुन्छ, लिम्बुको छोराले हिन्दराष्ट्र र राजासहितको प्रजातन्त्र बोकेर हिँड्नु भएको छ, यसमा हामीले गर्व गर्छौं । कमल थापालाई जनताले पछ्याउने अवस्था छैन । उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास छैन । आजको दिनको लागि नेतृत्व परिवर्तन र शैली परिवर्तन बाध्यता छ । एउटा दरो पार्टी अनि विश्वासिलो नेतृत्व जनताको लागि खाँचो छ । त्यो हामी दिन तयार छौ र सक्छौँ पनि।’

धवलशमशेर राणाले लिङ्देनको पक्षबाट महामन्त्री पदमा उमेरद्वारी समेत घोषणा गरिसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले आगामी महाधिवेशनमा युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गर्ने भएका छन् । पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका लिङ्देनको पक्षमा समर्थन बढिरहेका बेला लोहनी यो निर्णयमा पुगेका हुन् ।

दुई अध्यक्ष पशुपतिशमशेर राणा र लोहनीले उम्मेदवारी नदिने र लिङदेनलाई सघाउने भएका हुन् । यसरी सबैतिरको साथ र सहयोग पाउदै गएका लिङ्देन पहिलो पटक अध्यक्ष हुन लागेको र देश र जनताकोका लागि केहि गर्छु भन्ने ईच्छा शक्ति, निष्ठाबान्, भिजन भएको नेता भएकाले र सबैतिरको साथ पाएको कारण जित निश्चित भएको हो।

लिङ्देनको जित सुनिश्चितका लागि अर्को महत्वपूर्ण आधार भनेको दरवार भित्रको पनि साथ रहेको केहि नेताहरुले बताएका छन् । केहिदिन अघि धवलसमशेर र लिङ्देनले स्वयम राजा ज्ञानेन्द्रलाई भेटेर साथको सुनिश्चितता भएको स्रोतले बताएको छ । अध्यक्ष लिङ्देनले पनि सम्पूर्ण प्रतिनिधि,अध्यक्षलगायत सम्पूर्ण सरोकारवालाहरूलाई आफूलाई एक पटक मौका दिएर हेर्न अनुरोध गरेका छन् । उनले भने ‘म ब्यक्तिगत लाभ र फाइदाको पक्षमा कहिल्यै पनि लागदिन, राष्ट्र र राष्ट्रियताको लागि काम गर्छु, देश र जनताको भलाईको निमित्त अहोरात्र खट्छु, देश भरि संगठन बिस्तार गरेर कांग्रेस र कम्युनिष्टको बिकल्पको रूपमा राप्रपा बनाउछु, अत्यधिक बहुमतले बिजय गराईदिनु हुन्छ भन्ने बिश्वास लिएको छु।’

प्रतिकृया दिनुहोस्