News Portal

राप्रपा महाविधेवशमा नेतृत्व चयनका लागि आज मतदान हुँदै

लिङ्देन- थापा प्यानलसहित चुनावी मैदानमा

रातोपोस्ट संवाददाता
४९९ पटक

काठमाडौं, १८ मंसिर । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १४९ जना निर्वाचित हुनेछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेबाट मतदान सुरु भएको छ। अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

यसैबीच, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेत नेतृत्वको केन्द्रीय निर्वाचन समितिले हिजो मतदाता छानबिन सकेर जम्मा ४ हजार ३८० जना मतदाताको अन्तिम नामावली सूची प्रकाशन गरेको छ । फर्जी मतदाता भएको भन्दै छानबिनको माग उठेपछि निर्वाचन समितिले छानबिनका लागि समिति गठन गरेको थियो । यता उपाध्यक्षको उम्मेदवारका रूपमा नाम दुवैतर्फ रहेका पूर्वमन्त्री विक्रम पाण्डे हिजो साँझ राजेन्द्र लिङ्देन समूहमा रहेका छन ।

प्रतिकृया दिनुहोस्