News Portal

जीप दुर्घटना हुँदा दाङमा तीन जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३३१ पटक

दाङ, २६ मंसिर । दाङमा आइतवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए ।

मृत्यु हुनेको पहिचान खुलेको छैन । दाङ तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप आइतवार अपरान्ह साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा दुर्घटना भएको हो ।

जीप सडकबाट करीब २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जीपमा १३ जना यात्रु सवार रहेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्