News Portal

बेपत्ता युवती मृत भेटिइन्, हत्याको आशंकामा चार जना पक्राउ

रातोपोस्ट संवाददाता
७४६ पटक

अछाम, २६ मंसिर । अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले दिएको किटानी जाहेरीको आधारमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मंगलसैन नगरपालिका-११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृत फेला परेकी थिइन् । मंगलसैन रामारोशन सडकखण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् ।

भण्डारी शव शनिबार भेटिएको थियो । शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्