News Portal

झापाकाे बुद्धशान्तिमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
४१० पटक

झापा, २६ मंसिर । बुद्धशान्ति गाउँपालिकामा आयोजित मेलमिलाप सम्बन्धी आठ दिवसिय आधारभुत तालिम सम्पन्न भएको छ । मंसिर १७ गतेदेखि सुरु भएको तालिम गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा समपन्न भएको थियो ।

समापन कार्यक्रममा सहभागीको तर्फबाट फुलमाया खनाल (गिता) र खगेन्द्र आचार्यले आ–आफ्ना सिकाईका अनुभव सुनाएका थिए । प्रशिक्षक भोलानाथ धिताल, ६ नं वडा अध्यक्ष सम्भुप्रसाद पौडेल, न्यायीक समिति सदस्य नेत्रप्रसाद गौतम, कार्यक्रम संयोजक चेतराज बिस्टले धारणा राखेका थिए ।

प्राकृतिक श्रोत दन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना, द एशिया फाउन्डेसनको सहयोग र बुद्धशान्ति गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा प्रशिक्षक संगिता थापा, भोलानाथ धिताल, जिल्ला अदालतका प्रमुख न्यायाधीश गिरिराज गौतम, मेलमिलाप परिसदका उपसचिव लेखनाथ पौडेल र चेतराज बिस्टले सहजिकरण गरेका थिए । बुद्धशान्ति–३ स्थित ग्रीन रिसोर्टमा भएको समापन कार्यक्रममा सहभागीहरुलाई सिकाईको प्रमाणपत्र, अतिथि तथा प्रशिक्षणकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्