News Portal

संसद अवराेध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक

रातोपोस्ट संवाददाता
३५४ पटक

काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवराेध र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकेका छन् ।

आइतबार दिउँसो ४ बजे बस्नेगरी बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तापछि सर्वदलीय बैठक बोलाउने निर्णय भएको थियो ।

छलफलमा संसदमा नेकपा एमालेको निरन्तर विरोध, नाराबाजी र एमसीसी पारित गर्ने वा नगर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्