News Portal

नेकपा एस निकट कर्मचारी संगठनको अध्यक्षमा कट्टेल चयन

रातोपोस्ट संवाददाता
३९८ पटक

झापा, ४ पुस । नेकपा (एकीकत समाजवादी ) निकट निजामती कर्मचारीको संगठनको झापाकाे अध्यक्षमा निरोज कट्टेल चयन भएका छन्। झापाकाे कनकाईस्थित धनुसकोटी घाममा सम्पन्न भएकाे भेलाले अध्यक्षमा कट्टेल चयन भएका हुन् ।

नेकपा ( एकीकृत समाजवादी) झापा जिल्लाका अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यमा भएको भेलाले संगठनको उपाध्यक्षमा प्रतीक्षा शाह, इन्दु खबास, सचिबमा पोषराज पोखरेल, सह सचिबमा यादब पोखरेल चयन भएका छन । भेलाले सदस्यहरुमा रोहित महत, कबिराज गिरी, शर्मिला सेढाई, रामनारायण शर्मा, जयप्रसाद यादब, विकास ढकाल र मुकुन्द शिवाकोटीलाई चयन गरेकाे छ ।

पेशागत महासंघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज मदन खतिवडाको अध्यक्षतामा भएको भेलामा पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मी, आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भुवन सुब्बा, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष तिर्थ सिग्देल, महासंघका प्रदेस सह-इन्चार्ज केन्द्र प्रसाईं, प्रगतिशील शिक्षक संगठनका केन्द्रीय सदस्य भिम दाहालले विशेष मन्तव्य सहित शुभकामना ब्यक्त गरेका थिए । प्रगतिशील शिक्षक संगठनकि उप महासचिव शुभद्रा भट्टराईले सञ्चालन गरेको भेलामा स्वागत पार्टी केन्द्रीय सदस्य शारदा घिमिरेले गरिकी थिइन् । भेलामा कर्मचारी संगठनका नेताहरु प्रकाश राई चेतनाथ न्यौपानेलगायतको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्