News Portal

अनेरास्ववियु मेचीनगरकाे अध्यक्षमा बिरु मेचे चयन

रातोपोस्ट संवाददाता
५८८ पटक

झापा, ७ पुस । अनेरास्ववियु मेचीनगरकाे प्रथम नगर अधिवेशनबाट नगर अध्यक्षमा बिरु मेचे चयन भएका छन । उधाेग वाणिज्य संघकाे सभा हलमा आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा मेचेलाई चयन गरिएकाे हाे । प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा प्रनिशा राउत, रोसन भुजेल, बिक्रम दुलाल र इश्वर रिजाल चयन भएका छन ।

त्यसैगरि, सचिवमा विनिता न्यौपाने र सहसचिबमा सचेत घिमिरे, प्रकाश भण्डारी र अर्पणा गिरि भएका छन । नगर अधिवेशनबाट कोषाध्यक्षकाे जिम्मा तारा खरेललाई दिएकाे छ । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का सहसंयाेजक दुर्गा धमलाकाे प्रमुख आतिथ्यमा रहेकाे थियाे ।

कार्यक्रममा मेची नगरका कार्यापालिका सदस्य टिका मग्ररातीकाे विषेश आतिथ्यता रहेकाे थियाे भने अनेरास्ववियु झापाका संयाेजक संमपर्ण खतिवडा, अनेरास्ववियुका नेता पुकार कार्की, लक्ष्मी न्यौपाने, बलराम गिरिलगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन संस्कृति रिजालले गरेकी थिइन भने सभापति अनेरास्ववियुका नगर संयाेजक आशिष पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी नेता सन्ताेष धमलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्