News Portal

काँकरभिट्टाबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

रातोपोस्ट संवाददाता
३९२ पटक

झापा, ८ पुस । ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा झापाको मेचीनगरबाट इलामका एक युवा पक्राउ परेका छन् । झापाको मेचीनगर- ६ मा पैदल आउँदै गरेका इलाम फाकफोकथुम गाउँपालिका- ७ का डम्बरबहादुर राईलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पैदलै आइरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले इलामका २२ वर्षीय राईलाई पक्राउ गरेको हो ।

उनको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्