News Portal

बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

रातोपोस्ट संवाददाता
४६५ पटक

जनकपुर, १० पुस । जनकपुरधाममा १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ ।

बुधवार साँझ अन्दाजी ७ बजे जनकपुरधाम उपमहानगरपलिका १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको घर अगाडिको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । त्यसलगत्तै रासलालले धनुषा प्रहरीमा जानकारी गराएका थिए । प्रहरी टोलीले ठाकुरलाई भारततर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्