रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
कैलाली, १० पुस । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो ।
विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।