News Portal

संखुवासभामा आगलागीबाट एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३५४ पटक

संखुवासभा, १८ पुस । संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङको एउटा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोटखोला–५ का स्थानीय २३ वर्षीय पंखामान राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

मृतक पंखामानसहित ५ जनाको टोली काठ काट्न जङ्गल गएको थियो। उनका साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको डिएसपी सुवेदीले बताए। साथीहरू धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पंखामानलाई छाडेर चारै जना खाद्यान्न लिन गाउँतर्फ गएका थिए।

उनका साथीहरू फर्किँदा पंखामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको डिएसपी सुवेदीले बताए। आगलागी भएर मृत्यु भएको जानकारी आउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उनले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्