News Portal

श्रीलंकामा फेरि आपतकाल घोषणा

रातोपोस्ट संवाददाता
३५५ पटक

झापा, २४ बैशाख । झापाको मेचीनगर- १५ ज्यामिरगढीमा शुक्रबार बिहान मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

दाइजो माग्ने युवा झापा गाउँपालिकाको टाघनडुब्बाका डेबिड गनगाई हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनको केही महिनाअघि ती युवतीसँग फेसबुकबाट कुराकानी भएर प्रेम भएको थियो । महिना दिन अघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । पारिवारिक सरसल्लाहमै विवाहको निधो भएको थियो ।
‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका थियौं; दुलाहाको परिवार मन्जुर भएको थियो,’ युवतीकी हजुरआमा रञ्जना राजवंशीले भनिन्, ‘तर आज आएर मोटरसाइकल मागेपछि प्रहरीको जिम्मा लगाउनुपर्‍यो ।’

राजवंशीका अनुसार दाइजोबापत टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिइएको थियो । दुलाहाले त्यो सामग्री अपूग भएको भन्दै मोटरसाइकल मागे । ‘हामीले क्षमताअनुसार साइकलचाहिँ दिएका थियौं,’ उनले भनिन्, ‘साइकलले नहुने रे !’बेहुलीका बुवा भन्छन् , ४ दिन पछि माेरसाईकल दिन्छौं भन्दा पनि उहाहरु मान्नु भएन । दुई छाेरीकाे एकै दिन विवाहको भएकाे एउटा छाेरीलाई परेकाे लगन परेकाेले एउटा छाेरीकाे ज्वाइले माेटरसाईकल मागेकाे हुनाले अहिले दिन नस्कने ४ दिन पछि दिने भन्दा पनि माग्नु भएन ।

प्रतिकृया दिनुहोस्