रातोपोस्ट संवाददाता

झापा, ११ साउन । नेपाली कांग्रेस कोशी प्रदेश सदस्य गाेपाल तामाङले अदालतले गरेको फैसलालाई स्वीकार गरेर जाने बताएका छन् ।
उनले दलका तर्फबाट कुनै प्रतिक्रिया नभएको भन्दै सर्वोच्चले दिएको आदेशको पालना गर्ने बताए । उनले अदालतले संविधानको धारा १६८ (२) अन्तर्गत नै सरकार गठनका लागि पुन सात दिनको म्याद दिएकाले बहुमत पुर्याएर सरकार गठनका लागि जाने बताए।
सभामुखले राजीनामा दिएर आउनु हुन्छ कि नदिई दलको सदस्यको रूपमा सरकार गठनमा सहभागी हुने भन्ने विषयमा छलफल चलाइने उनले बताए । यसअघि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरबाट नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सर्वोच्चले सरकार निर्माण प्रक्रियामा सभामुख सहभागी हुन नपाउने निर्णय गरेको छ। यससँगै थापाको सरकार ढलेको छ।