News Portal

एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

रातोपोस्ट संवाददाता
४४ पटक

काठमाडाैं, १३ असार । नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्षको पद थप्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकमा वरिष्ठ उपाध्यक्ष पद थप गर्ने सहमति भएको हो । योसँगै पदाधिकारी २१ सदस्यीय हुने उपमहासचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार सम्मानित नेताको पद पनि कायम रहनेछ ।

यस्तै, उपाध्यक्षमा महिला सिट पनि सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए । खतिवडाका अनुसार सात उपाध्यक्षमध्ये महिला र मधेशी एक-एक र बाँकी खुल्ला रहने छ । यसैगरी, चार उपमहासचिव र सात सचिव बनाउने निर्णय बैठकले गरेको खतिवडाले बताए ।

उनका अनुसार सचिवमा महिला, जनजाति र दलितको कोटा सुरक्षित गरिएको छ । बैठकले २९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गर्ने निर्णय गरेको उपमहासचिव खतिवडाले बताए । नेकपा एसको महाधिवेशन १६-२० सम्म काठमाडौंमा हुँदै छ ।

प्रतिकृया दिनुहोस्