News Portal

काँकरभिट्टा खानेपानी : स्वतन्त्र खानेपानी उपभोक्ता प्यानलका उम्मेदवार घरदैलोमा व्यस्त

रातोपोस्ट संवाददाता
३६० पटक

झापा, १९ जेठ । काँकरभिट्टा खानेपानीका स्वतन्त्र खानेपानी उपभोक्ता समुह प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । स्वतन्त्र खानेपानी उपभोक्ता समुह प्यानलका उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् ।

आज चाैथाैं दिनको मेचीनगर- ५ र ८ वडामा घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि उत्साहका साथ मतदाताहरुले निरन्तर पहिलो दिनदेखि नै शुभकामना दिँदै मतदान गर्ने बताएको स्वतन्त्र खानेपानी उपभोक्ता समुह प्यानलका निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक अशिम दाहालले जानकारी दिए ।

उनले आफ्नो प्यानलका उम्मेदवारहरुलाई मतदाताले आशा गरेको दक्ष र सक्षम व्यक्तिहरु चुनावी मैदानमा रहेकाले पनि सबैले मत दिनेमा आफुहरु ढुक्कसाथ लागि परिरहेको बताए । काँकरभिट्टा खानेपानीको जेठ २६ गते हुने निर्वाचनका लागि यतिबेला स्वतन्त्र खानेपानी उपभोक्ता समुह प्यानलबाट अध्यक्ष पदका उम्मेदवार सुदर्शन खड्का, उपाध्यक्ष कृष्ण सुवेदी (किरण), सचिव नरेन्द्र सिवाकोटी तथा कोषाध्यक्षमा सुधादेवी खड्का, सदस्यहरु दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल, लेखा समितिका संयोजक भेषराज ओली, सदस्यमा बिनोद बानिँयासहितका उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् ।

अध्यक्षका पदका उम्मेदवार खड्का सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेको अनुभव रहेको छ । खड्का खानेपानी संस्थाको नेतृत्व गर्न सक्ने एउटा कुशल पात्र हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी हाल काँकरभिट्टा माविको शिक्षक अभिभावक संघका सदस्य, मेची सामुदायिक सेवा केन्द्रका सदस्य, मेची अभियानका सदस्य भएर काम गरेको अनुभव उनीसँग रहेको छ । फुटबल खेलमा नगर हुँदै जिल्लासम्मको प्रतियोगितामा सहभागी भएका खड्का आर्थिक पारदर्शीमा जोड दिन्छन् । पानीको मुहान संरक्षण गर्ने, मुहान छेउछाउ बृहत वृक्षारोपण गर्ने लगायतका थुप्रै योजना बोकेर उनी खानेपानी संस्थाको बागडोर सम्हाल्नका निम्ति चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस्