News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान राति १ः३० बजे आइपुग्ने

काठमाडौँ, २५ असाेज । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर...बाँकी

दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

काठमाडौँ, २१ असाेज । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्। काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्। प्रसाईं...बाँकी

असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ, २१ असाेज । दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने...बाँकी

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

काठमाडौं, १८ असाेज । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट...बाँकी

जनताको बलिदानलाई सम्मान गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हो : शर्मा

काठमाडौं, १७ असाेज । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवंसरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको...बाँकी

चाडपर्वमा सार्वजनिक यातायात सहज बनाउँछौँ : मन्त्री ज्वाला

काठमाडौँ, १७ असाेज । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास...बाँकी

विप्लवका छोरा डा.प्रकाशले गरे डा. मान्यतासँग विहे

काठमाडौं, ११ असाेज । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा डा. प्रकाश विवाह बन्धनमा बाँधिएका छन् । नेकपा निकट जनस्वास्थ्य संगठनमा आबद्ध डा. प्रकाशले डा.मान्यता थापासँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू प्रेम सम्बन्धमा...बाँकी

क्रान्तिकारी प्रेस सङ्गठनको संयोजकमा कमल बुढा चयन

काठमाडौं, ८ असाेज । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ को नामाकरण गरिएको छ । शनिबार सम्पन्न भेलाले कमल बुढा संयोजक...बाँकी

सरकार र शिक्षक महासंघबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं, ५ असाेज । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो...बाँकी

राष्ट्रपति पौडेलद्वारा संविधान दिवसको अवसरमा ६७० जना कैदीहरुको सजाय मिनाहा

काठमाडौं, ३ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कुल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयना) ऐन र कारागार...बाँकी