News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँची, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट...बाँकी

बालेनलाई बधाई दिँदै सिंहले भनिन् – मत जित्न सकिनँ, नगरवासीको मन जितें

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले यस्तो बताएकी हुन्...बाँकी

रासायनिक मलको समस्या झेल्दै झापाका किसान

झापा, १३ जेठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो...बाँकी

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

काठमाडौँ, १३ जेठ । वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत...बाँकी

कमल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुकुमसिंहले समाले कार्यभार

झापा, १२ जेठ । झापाको कमल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुकुमसिंह राईले आज बिहीबार पदभार ग्रहण गर्दै महत्त्वपूर्ण निर्णयहरू लिएका छन्। जिल्ला अदालत झापामा जिल्ला न्यायाधीश गिरिराज गौतमबाट शपथ लिएर सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनले...बाँकी

शिवसताक्षीमा जनप्रतिनिधिले समाले कार्यभार ‘शासक होइन सेवक भएर काम गर्ने’- नगरप्रमुख रोसन

झापा, १२ जेठ । झापाकाे शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् । बिहीवार शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीले पदभार ग्रहण गराएका हुन् । पदभार...बाँकी

वडाध्यक्ष गिरीराज धमलाद्वारा पदभार ग्रहण

। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ । मेचीनगरमा बिहीबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले आफ्नो पदभार सम्हालेका...बाँकी

मेचीनगरका जनप्रतिनिधिले खाए सपथ: शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिने निर्णय

झापा, १२ जेठ । मेचीनगरका नवनिर्वाचित नगर प्रमुखलगायत सम्पूर्ण जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । आज नवनिर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले झापाकाे सदरमुकाम चन्द्रगढीमा प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला अदालत झापाका न्यायाधीश गिरीराज...बाँकी

जबर्जस्ती करणी गरी हालसम्म फरार रहेका प्रिन्सिपल पक्राउ

सुनसरी, १२ जेठ । ५ वर्षअघि आफ्नै होस्टलमा बस्ने नाबालिगलाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली स्थायी घर भएका ३६ वर्षीय राज खड्का रहेका छन् । खड्काले आफू इटहरीको...बाँकी

दश महिनामा एक खर्ब बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल भित्रियो

काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ...बाँकी