News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालय पढाउन माग

काठमाडौं, १४ पुस ।काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउने व्यवस्था गरिनुपर्ने माग राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको...बाँकी

पाँचथरको फालेलुङमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति

पाँचथर, १४ पुस । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । गएराति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् । घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५०...बाँकी

अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडाैं, १४ पुस । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।...बाँकी

२१ जिल्लामा ९०७९ रोपनी अतिक्रमण : खोलादेखि मसानघाटसम्म कब्जा

काठमाडाैं, १४ पुस । सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर,...बाँकी

थप २६४ जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडाैं, १३ पुस । पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १२ हजार ५६६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ...बाँकी

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, १३ पुस । एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा...बाँकी

माओवादीको महाधिवेशनमा छ्याप्छ्याप्ती प्रहरी

काठमाडाैँ, १२ पुस । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी परिसरले महाधिवेशनस्थल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान वरपर ठूलो संख्यामा सुरक्षाकर्मी...बाँकी

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

काठमाडौँ, ११ पुस । सरकारले मुलुकमा आसन्न राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ । गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो...बाँकी

एनडिएफ झापाको संयोजकमा सुमनशंकर चयन

झापा, ११ पुस । जातीय विभेद तथा उत्पीडिन विरुद्ध समतामूलक समाज निर्माणका लागि अन्तिम संघर्ष (एनडिएफ) ले संगठन बिस्तारलाई तिब्र पारेकोे छ । राष्ट्रिय दलित मञ्च (एनडिएफ) ले झापाको बिर्तामोडमा सुमनशंकर बिकको संयोजकत्वमा ५५ सदस्यीय...बाँकी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अधिवेशनमा रूपान्तरण गर्ने निर्णय

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो...बाँकी